रत्ननगर ११ फागुन । कंकाली सामुदायिक वनको शनिबार भएको चुनावको मत परिणमा सार्वजनिक भएको छ ।
चुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस आआफ्नो प्यानल बनाएर चुनावमा होमिएका थिए ।

यसै विच शनिबार मतदान सकिए पछि शनिवारनै साँझबाट मत गणना सुरु भएको थियो ।

अध्यक्षमा नेपाली काँग्रेस निकट राममणी न्यौपानले ८ सय ५३ मत प्राप्त गरे भने नेकपा निकटका रामेश्वर पोखरेलल ८ सय २७ मत प्राप्त गरेका थिए । न्यौपाने २६ मत वढी ल्याई विजय भएका हुन । अन्य कार्यसमितिको पदाधिकारी र लेखा समितिमा भने नेकपाका उम्मेदवार विजयी भएछन ।

Facebook Comments Box