काठमाडौं ८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि बाँस्कोटालाई राजीनामा गराउन नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।

आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डले कमिसन माग गरिएको अडियो सार्वजनिक भएका कारण मन्त्री बाँस्कोटालाई राजनीनामा गराउन ओलीलाई सुझाव दिएका छन ।

यसै विच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई पनि बालुवाटार बोलाएका छन् ।

Facebook Comments Box