काठमाडौं ५ फागुन । बलात्कार मुद्दामा सफाई पाएका निवर्तमान कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन मार्फत बधाई दिएका छन् ।

कारागारबाट रिहा भएलगत्तै अध्यक्ष प्रचण्डले फोन गरेर महरालाई बधाई दिएका हुन् । कारागार परिसर भित्रै बिदाइमा रहेका बेला महरालाई प्रचण्डको फोन आएको थियो ।

महराले यस विषयमा भोलि पत्रकार सम्मेलन गरेर जानकारी दिएका महारा स्रोतले जनाएको छ ।

Facebook Comments Box