काठमाडौं १ फागुन । चिनमा रहेका नेपालीलाई उद्दार गरी स्वदेश फर्काउनका लागि शनिबार नेपाल एयरलाइन्सको विमान चीन जाने तय भएको छ ।

नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहानका लागि उडान गर्ने छ ।

नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box