काठमाण्डौ १ फागुन । कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।

कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेको समाचार संस्था ुअरब टाइम्सु ले जनाएको छ ।

चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको हो । ज्यान गुमाएका र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन ।

Facebook Comments Box