रत्ननगर २७ माघ । पर्यटकीय नगरी चितवनको सौराहामा मंगलबार भोलि माघ २८ गतेबाट सुरु हुने १४ औं सौराहा फुड फेष्टिवलको तयारी पुरा भएको छ ।

हरेक वर्ष प्रेम दिवसको अबसरमा फेष्टिवल आयोजना गर्ने गरेको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले वताए ।
प्रेम दिवस र सौराहा फुडफेष्टिवल भन्ने वित्तिकै सौराहाको चर्चा निकै हुने गरेको उनले वताए । फेष्टिवलको अवसरमा सौराहा प्रेम ,संगित र खानामय बन्ने गरेको छ । फेष्टिवलमा ४० वटा खानाका स्टलहरु रहने खतिवडाले जानकारी दिए ।

फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकार संगै स्थानीय कला,संस्कृति,भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक धुर्वगिरीले बताए ।

फेष्टिवलमा यसपटक निकै व्यस्त अनि चर्चित कालाकारको आगमन हुने भएकोले पनि फेष्टिवलमा दर्शकको उपस्थिीत राम्रो हुने कालाकार व्यवस्थापन समिति संयोजक नविन नेपालले वताए ।

संयोजक नेपालका अनुसार फेष्टिवलमा पशुपति शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ती श्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शितल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डिबि लोप्चन,शिवहरी ढुंगना,मुना अर्याल, द न्याटिभ ब्याण्ड, बलराम सरकारको प्रस्तुति रहने छ ।

सो फेष्टिवलको बागमती प्रदेशका उधोग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गर्ने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

Facebook Comments Box