काठमाडौं २६ माघ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे वस्ने गय भएको छ । गत शुक्रबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको थियो ।

कांग्रेसले आज पनि संसद चल्न दिनेमा भने शंका रहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले विरोधस्वरुप सदन अवरुद्ध पार्दै आएको छ ।

Facebook Comments Box