काठमाडौं २६ माघ । अभिनेता सौगात मल्ल र दीया पुन स्टार चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ ।

टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्दि तामाङ, दीया पुनलाई स्थान दिइएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाईएको छ ।
चलचित्र नयाँ वर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ तर नयाँ वर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने चाहिँ गोप्य राखिएको छ ।

Facebook Comments Box