चितवन २५ माघ । चितवनका सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डेले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि आर्थिक सहयोग गरेका छन । भरतपुरको रामपुरमा निर्माणधीन क्रिकेट रंगशालाको लागि रत्ननगर १० सुभप्रभात टोल निवासी पाण्डेले रु ११ हजार १५५ रुपैया सहयोग गरेका हुन ।

रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न आयोजित महायज्ञमा धर्मपत्नी पद्माकुमारी पाण्डे र छोरी पुजा पाण्डे सहित महायज्ञ स्थलमा पुगेर पाण्डेले सो रकम हस्तान्तरण गरेका थिए । अध्ययनको शिलशिलामा अष्टेलियामा रहेकी जेठी छोरी पुष्पा पाण्डेले विदेशबाट पठाएको सो रकम पाण्डेले रंगशालालाई दिएका हुन ।

Facebook Comments Box