रत्ननगर २५ माघ । नेपाल रेडक्रस सोसाईटी उपशाखा वछौलीले शनिवार ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज उपशाखा बछौलीको सभाहलमा भएको कार्यक्रममा रेडक्रसका केन्द्रिय उप महामन्त्री हरि न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा रेडक्रस चितवनमा सभापति ज्ञयानशाली न्यौपाने ,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तमाङ, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, विदेशी नागरिक रोबेर्ट डन्कन, समाजसेवी ज्ञानेन्द्र कुमार विष्ट लगायले वोल्नु भएको थियो ।
साभारण सभाको अवसर पारेर रत्ननगर ६ वछौलीका वासिन्दालाई वडाको तर्फवाट निशुल्क रगत उपलव्ध गराउने वडा प्रतिनिधि जियन महतोले घोषणा समेत गर्नु भएको थियो ।

साधारण सभामा उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नु भएको थिया ।

आजै रोबेर्ट डन्कन र विभिन्न संघसंस्थाको आथिक सहयोगमा र नेपाल सरकारको भन्सार छुटमा प्राप्त भएको एम्वुलेन्सको समेत उद्धघाटन गरिएको छ ।

उद्धघाटन पछि बाघमारा वनका अध्यक्ष तमाङले वन क्षेत्रका गरिव तथा वन्यजन्तुवाट भएका घाईतेको एम्वुलेन्स वापतको भाडा वनले व्यहोर्ने घोषणा समेत गर्नु भएको छ ।

निवर्तमान सभापति राममणी खनाल र समाज सेवी विष्टको पहलमा एम्वुलेन्स ल्याउन उपशाखा सफल भएको हो । एम्वुलेन्स स्वर्गीय भगवती विडारीको स्मृतिमा रेडक्रस उपशाखाले सञ्चालन गर्ने छ ।

कार्यक्रम उपशाखा सभापति सुवास विडारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box