चितवन २५ माघ। चितवनको सौराहामा माघ २८ गतेबाट सुरु हुने सौराहा फुड फेष्टिवलको तयारी तीब्र पारिएको छ । प्रेम दिवसको अबसर पारेर रेवान सौराहाले फेष्टिवलको आयोजना गरेको अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।

फेष्टिवलको स्टल,मञ्च,स्वागत गेट निर्माण तथा प्रचार प्रसार र आन्तरिक तयारीको काम भईरहेको संयोजक ध्रुव गिरीले बताए । फेष्टिवल सुरु भएपछि सौराहा खाना मय,प्रेम मय र संगित मय बन्ने छ । पर्यटन प्रबर्धनको लागि हरेक बर्ष सौराहामा फुड फेष्टिवल हुँदै आएको छ ।

Facebook Comments Box