रत्ननगर २५ माघ । पूर्वी चितवनको रत्ननगरमा शुक्रवार विपद् व्यवस्थापनमा युवाको भूमिका विषयक क्षेत्रीय स्तरको बतृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल युवा रेडक्रस सर्कल अन्नपूर्ण शिशु निकेतनले आयोजना गरेको सो प्रतियोगितामा पूर्वी चितवनका १८ विद्यालयका ३० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्यारागन माविकी शुभाञ्जली शर्मा प्रथम,जनजागृती माविकी दिक्षा चालिसे द्धितीय,स्काइराइड आमाविकी आयुष्मा पोखरेल तृतीय र मालपुर माविकी विनिता मिश्र सान्त्वना भएको शिक्षक नायक लिला दाहालले जानकारी दिइन । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनका मन्त्री हरि पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा चितवन रेडक्रसका सदस्य तथा विपद् व्यवस्थापन समितिका संयोजक महेश्वर थपलिया र जुटपानी रेडक्रसका सभापती गणेश शर्मा पौडेल रहेका थिए । युवा रेडक्रस सर्कल अन्नपूर्णकी अध्यक्ष दिप्सना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडा सदस्य अपिल अधिकारी,विद्यालयका अध्यक्ष दीपक अधिकारी,प्रचार्य गोविन्द पौडेल,अनामनगर टोल विकास संस्थाका अध्यक्ष किशोर भट्टराई लगायतले मन्तव्य राखेका थिए । श्रद्धा अर्यालले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Facebook Comments Box