काठमाडौं २४ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज हुने फैसला गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले यस्तो फैसला गरेको हो । काठमाडौंको छाउनीमा रहेको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै हुने भएको छ ।
स्वर्गीय राजा वीरेन्द्र शाह तथा उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति नेपाल ट्रस्टको मातहत ल्याउने भन्दै सरकाले १ पुस २०६४ मा निर्णय गरेको थियो ।

Facebook Comments Box