चितवन २० माघ । “सिमसार र जैविक विविधता” भन्ने मुल नाराका साथ आईतवार चितवनमा विश्व सिमसार दिवस मनाईएको छ । चितवनको सौराहा नजिक रहेको बुढी राप्ती खोला क्षेत्र सरसफाई गरेर सिमसार दिवस मनाईएको हो । बुढी राप्ती खोला क्षेत्र संरक्षणमा लागेपछि गोही देखा पर्न थालेको संरक्षणकर्मीहरुले बताएका छन् । नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहा र चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको बुढी राप्ती संरक्षण गर्न सके पर्यटकीय गतिविधि सञ्चालन गर्नुका साथै आर्थिक अवस्थापनि राम्रो बन्ने सम्भावना रहेको चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेक्टर प्रमुख गोपाल बहादुर घिमिरेले बताउनुभयो । उहाँले राप्ती र वनजंगल संरक्षणका लागि विभिन्न कार्यक्रम गरेको बताउँदै संरक्षण क्षेत्रका संघसंस्थासँग मिलेर काम गर्न सकिने उल्लेख गर्नुभयो ।

 

Facebook Comments Box