चितवन १८ माघ । रत्ननगर जेसिज तथा रत्ननगर जुनियर जेसिजको संयुक्त पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर जेसिज वर्ष २०२० का अध्यक्ष प्रदिप अधिकारी रहेका छन् भने जुनियर जेसिजका अध्यक्ष विदुर खनाल रहेका छन् ।
रत्ननगर जेसिजका वर्ष २०१९ का अध्यक्ष सुवास पोखरेलले वर्ष २०२० का अध्यक्ष प्रदिप अधिकारीलाई सपथग्रहण गराई पदस्थापन गराएका थिए भने जुनियर जेसिजका वर्ष २०१९ का अध्यक्ष रञ्जित घिमिरेले वर्ष २०२० का अध्यक्ष विदुर खनाललाई सपथग्रहण गराई पदस्थापन गराएका हुन् । नवनिर्वाचित अध्यक्षहरुले शुक्रबार साझ सम्पन्न सो कार्यक्रममा आ–आफ्ना पदाधिकारीहरुलाई सपथग्रहण गराएका थिए ।


सोही अवसरमा वर्ष २०१९ का बाबुराम परियारले जेसिज अफ दि इयर अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा जेसिजमा रही उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो भने रत्ननगर जेसिजका पूर्व अध्यक्षहरुको प्रथम महिलाहरुलाई सम्मान समेत गरिएको थियो । जेसिज वर्ष २०१९ का अध्यक्ष पोखरेलले पहिलो सत्रको र वर्ष २०२० का अध्यक्ष अधिकारीले सो कार्यक्रममा दोश्रो सत्रको अध्यक्षता गरेका थिए ।
जेसिज वर्ष २०२० का लागि गत माघ ५ गते अधिवेशन सम्पन्न भई पदाधिकारीहरु चयन भएका थिए । कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, निरुपित राष्ट्रिय कार्यवाहक उपाध्यक्ष लालमणि भण्डारी, राष्ट्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल, मातृ शाखा अध्यक्ष अनुप जोशी लगायतले कार्यक्रममा आ–आफ्ना भनाइहरु राखेका थिए ।

Facebook Comments Box