रत्ननगर १६ माघ । रत्ननगर नगरपालिका वडा नं १ सौराहाचोक नजिक रहेको बसपार्कमा पूर्वाधार निर्माणको विहीवार शिलान्यास गरिएको छ । मेयर नारायण वनले पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन । प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा दुई तले व्यवसायिक भवन,टिकट काउण्टर,सुचना केन्द्र,पानीको फोहोरा,फुटपाथ,प्रतिक्षालय तथा हरितपार्क निर्माण गरिने पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिए । प्रदेश सरकारको ९५ लाख नगरपालिकाको ९५ लाख गरी १ करोड ९१ लाखमा उल्लेखित पूर्वाधार निर्माण गर्न लागिएको उनले जानकारी दिए । कार्यक्रममा मेयर नारायण वनले नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गामा विकासका पूर्वाधार निर्माण सुरु गरेको भन्दै निर्माण भएका पूर्वाधारलाई पर्यटनसंग जोडेर स्थानीय समुदायका आम्दानीको श्रोत बनाइने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडी,वडा नं २ का वडाध्यक्ष तिकलराज शर्मा,नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने,नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे लगायतले मन्तव्य राखेका थिए । मेयर वनको अध्यक्षतामा भएको कार्यक्रम नगरका प्रबक्ता राजेन्द्र हमालले सञ्चालन गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्यहरु सरस्वती लामा,मिना गिरी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box