नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ ।
प्राधिकरणको वितरण केन्द्रमा नव निर्मित एकिकृत ग्राहक सेवा कार्यालय भवनको उद्घाटनको अवसरमा विपन्न परिवारका लागि निःशुल्क विद्युत मिटर वितरण गरिएको हो ।
कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाका विभिन्न ग्रामिण वस्तीका सिन्धुलीमा विद्युत विस्तार भए पनि ग्रामिण क्षेत्रका विपन्न परिवारले मिटर खरिद गर्न नसक्दा विद्युत उपभोग गर्न पाएका थिएनन् ।
आफ्नो घरमा विद्युत प्रयोग गर्न मिटर निःशुल्क पाएपछि उनीहरु निकै खुसी भएका छन् ।

Facebook Comments Box