चितवन १६ माघ । भरतपुर महानगरपालिका वडा नम्बर ५, बिकासचोक स्थित अर्बिट युनिक इङलिस स्कुलले १३ औ वार्षिकउत्सव तथा अभिभावक दिबस भव्य रुपमा मनाएको छ । समापन कार्यक्रममा भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सीताराम कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले समय सापेक्ष शिक्षामा परिवर्तन गर्नु पर्ने बताउदै अर्बिट युनिक स्कुलको प्रगतिको शुभकामना दिनुभएको छ ।बिद्यालयक प्रचार्य रामप्रसाद अधिकारीले प्रगति बिवरण पेश गर्दै आगामि शैक्षिक सत्रबाट कक्षा ११ सन्चालन गरिने जानकारी दिनुभएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र राज ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्कुल ईन्चार्ज नारायण गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा वडा नं।५ का वडाअध्यक्ष पदमपाणी सुवेदी, वडा नं। ८ का वडाअध्यक्ष राजेन्द्र मणि काफ्ले , बिकासचोक टोल बिकासका अध्यक्ष केशब पोख्रेल, मेट्रो प्याब्सनका अध्यक्ष लेखनाथ खनाल , पिटिएका अध्यक्ष अर्जुन गिरी , शिक्षाबिद जगदिश अधिकारी लगाएत बिशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रम बिद्यालय संयोजक देबी बञ्जराले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी , उत्कृष्ट बिद्यार्थी ,जिल्ला स्तरिय रनिङ सिल्ड हाजिरजवाफ प्रतियोगिता तथा अन्तर बाल क्लब म्याराथुन प्रतियोगिताका बिजेतालाई सम्मानित गरिएको थियो । समापन कार्यक्रममा बिद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

Facebook Comments Box