रत्ननगर १५ माघ । चितवनको सौराहामा यहि माघ २८ देखि फागुन ३ गते सम्म फूड फेष्टिवल आयोजना हुने भएको छ । हरेक वर्ष गरिदै आएको फेष्टिवल यस वर्ष पनि सौराहाको सिसुवार खेल मैदानमा आयोजना हुने आयोजक संस्था रेवान सौराहाले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फेष्टिवल आयोजना गरिदै आएको छ । फेष्टिवलमा ४० ओटा खानाका स्टल रहने छ । त्यस्तै फेष्टिवलमा ५ वटा प्रर्दशनी स्टल रहने १४ औं सौराहा फुड फेष्टिवलका संयोजक धुर्व गिरिले वताए ।

फेष्टिवलमा रेष्टुरेन्ट स्टाफ विच वेटर रेस प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, भलिवल प्रतियोगिता, महिलाहरु विच म्युजिकल चेयर प्रतियोगिता,९वर्ष मुनिका वालवालिकाहरु विच बेलुन फुटाउने प्रतियोगिता, तान डोरी प्रतियोगिता, र सडक नाटक (प्लाष्टिक न्युनिकरण) लगायतका कार्यक्रमहरु हुने संयोजक धु्रब गिरिले जानकारी दिनुभएको छ ।

साथै यस समयमा पर्यटक आगमन कम हुने भएको हुदा पर्यटकको संख्या वृद्धि गर्न फेष्टिवल अवधिभर रेवानमा आवद्ध रेष्टुरेन्टहरुका १५ प्रतिशत , क्षेत्रीय होटल संघ सौराहा आवद्ध होटलहरुमा ३० प्रतिशत छुटको समेत घोषणा गरेको छ । त्यस्तै साना पर्यटन व्यवसायसंग आवद्ध व्यवसायीहरुवाट सामान खरिदमा ३० प्रतिशत छुट दिने रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनु भएको छ ।
पाँच दिन सम्म सञ्चालन हुने फेष्टिवलमा चार दिन प्रवेश निशुल्क गरिएको छ । भने एक दिन शुल्क राखिएकोे छ । प्रणय दिवसको दिन १ सयको प्रवेश शुल्क राखिएको छ । शुल्कवाट संलन गरिएको रकम सामाजिक कार्यमा लगानि गरिने छ । ७५ प्रतिशत रकम गौतम बुद्ध अन्तराष्ट्रि रङ्गशालाको लागि सहयोग गर्ने , २० प्रतिशत खेल मैदान व्यवस्थापन र ५ प्रतिशत रकम स्थानिय प्याराडाईज कलवलाई सहयोग गर्ने अध्यक्ष खतिवडाले वताए ।


पत्रकार सम्मेलनका प्रमुख अतिथि एवं फेष्टिवलको संरक्षक संस्था रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले फेष्टिवलले पर्यटन वर्षलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । मेयर वनले सौराहाको छुट्टै पहिचान रहेको वाताउदै सौराहाको विशेष खाना के हो , त्यसमा पनि जोड दिनु पर्ने वताउनु भएको छ । वनले पर्यटकीय गतिविधिले मात्र गन्तव्यको प्रर्बधन हुने बताए । फेष्टिवलको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको संयोजक गिरीले जानकारी दिए ।

पाँच दिन सम्म सञ्चालन हुने फेष्टिवलमा २ करोड ५० लाखको कारोवार हुने अनुमान गरिएको छ । भने फेष्टिवल सम्पन्न गर्न करिव ८० लाख खर्च हुने अनुमान गरेको अध्यक्ष खतिवडाले वताए ।

Facebook Comments Box