काठमाडै १३ माघ । पश्चिमी न्यून चापीय प्रणाली फेरि नेपाल प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्नेछ ।

यो प्रणालीका कारण भोलि काठमाडौँमा पनि पानी पर्न सक्ने उहाँको भनाइ छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार पर्सिसम्म देशभर मौसम बदली गराउँदै विभिन्न स्थानमा वर्षा तथा हिमपात गराउने सम्भावना छ ।

Facebook Comments Box