काठमाडौं १३ माघ । नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)डुब्ने अवस्थामा पुगेको छ ।
भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ ।
एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ प्रतिशत पुगिसकेको छ ।यस्तो तथ्याकं सन् २०१४र१५ मा जम्मा ३ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।
एलआईसीको ५५ प्रतिशत रहेको कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने यसलाई ‘केबल हल्ला’ मात्रै भन्दै कुनै असर नपर्ने जनाएको छ ।

यो समाचार परिवर्तन देवकोटाले आजको नेपाल समाचारपत्रमा लेखेका छन् ।

Facebook Comments Box