आकाश बञ्जारा
हङकङ १२ माघ । कोरोना भाइरसको कारण त्यहाँको सरकारले हङकङमा महामारी फैलने त्रासका आपतकालीन घोषणा गरेको छ । त्यहाँका कार्यकारी प्रमुख क्यारी लामले आपतकालीन अवस्था घोषणा गरेको समाचारहरुले जनाएका हुन् ।

चीनको वुहान शहरबाट फैलिएको यस रोग हङकङसम्म आइपुगेपछि कार्यकारी प्रमुख लामले शनिबार आपतकालीन अवस्थाको घोषणा गर्दै चीनसँगका सबै उडानहरु तत्कालका लागि स्थगित गरेकी छिन्। ७० लाख ३० हजारको बासस्थान हङकङ एक व्यस्त शहर हो । स्वासप्रस्वासबाट सर्ने भनिएको यस कोरोना भाइरस हङकङमा देखिएको पुष्टि भएपछि आपतकालीन घोषणा गरेको हो ।
यस्तै वुहान जाने रेल सेवामा पनि तत्काल प्रतिबन्ध लगाइएको जनाइएको छ । हङकङमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण देखिएको छ ।
शनिबारसम्म चीनमा ४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने १२ सयजना भन्दा बढी यस रोगबाट संक्रमित छन् । साथै त्यहाँका विद्यालयहरु ३ हप्ताको लागि बन्द गरिएको छ ।

Facebook Comments Box