रत्ननगर । रत्ननगर महोत्सवमा आज  रक्तदान सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उप शाखा रत्ननगरको रजत वर्षको अवरसमा आज महोत्सव परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको उपशाखा रत्ननगरका सचिव रामचन्द्र पौडेलले जानकारी दिनु भएको छ ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि उधोग वाणिज्य संघ रत्ननगरका अध्यक्ष एव महोत्सवका संयोजक राजाराम रेग्मी र उपाध्यक्ष विनोद पोख्रेलले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नु भयो थियो ।
कार्यक्रममा २० महिला सहित ५२ जनाले रक्तदान गरेको सचिव पौडेलले जानकारी दिनु भएको छ ।
कार्यक्रममा उधोग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, जुनियर रेडक्रस सर्कल संयोजक नारायणी बाबू श्रेष्ठ, वुद्धिराम जोसी लगायतले वोल्नु भएको थियो। भने उपशाखा सभापति गोविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box