हेटौडा ७ माघ । बागमती प्रदेशको लोकसेवा आयोगले पनि पूर्णता पाएको छ । सिफारिस समितिले दुई जना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेका सिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुदर्शन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आउनुभएका डा. शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो ।
यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ हुनुहुन्छ ।

Facebook Comments Box