रत्ननगर ६ माघ । माघ ९ गतेसम्म सञ्चालन हुने दशौँ रत्ननगर महोत्सवमा पछिल्लो समय दर्शकको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । दुई दिनको झरीपश्चात दिन घमाएका कारण समेत महोत्सव अवलोकनका लागि दर्शकहरुको सङ्ख्या बढ्दै गएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए ।
आज सोमबार प्रमोद खरेलको प्रस्तुति रहने कारण महोत्सव अवलोकनका लागि ५० हजार भन्दा बढी दर्शकहरु सहभागी हुने आयोजकको अपेक्षा रहेको छ ।
टिकौली चौरमा आयोजना भइरहेको महोत्सवको आइतबारसम्म आइपुग्दा अवलोकन गर्ने दर्शकको सङ्ख्या दुई लाख ७० हजार भन्दा बढी पुगेको रेग्मीले बताए ।

Facebook Comments Box