चितवन ६ माघ । रत्ननगर जेसीजको २१औँ वार्षिक साधारण सभा आईतवार रत्ननगरमा सम्पन्न भएको छ ।
२१औँ वार्षिक साधारण सभाले अध्यक्षमा प्रदीप अधिकारीलाई चयन गरेको छ । यस्तै, कार्यकारिणी उपाध्यक्षद्वयमा हेमराज आचार्य र बाबु परियार निर्विरोध चयन भएका छन् ।
यस्तै, महासचिवमा अमित गुप्ता, कोषाध्यक्षमा सविन मानन्धर चयन भएका छन् । भने चार उपाध्यक्षमा विपिन्द्र घिमिरे, किरण लामिछाने, सुमन पौडेल र सुमन सुवेदी रहनु भएको छ ।


जेसीज निर्देशकमा वैभव लामिछाने, असिम गिरी, सुरेशजंग पाण्डे र हरिकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै सहसचिवमा ज्योति भट्ट, सहकोषाध्यक्ष अजय गुप्ता, तालिम निर्देशकमा सन्तोष दुवाडी, प्रकरण निर्देशकमा राजेन्द्र धमला, शाखा सम्पादकमा उपेन्द्र आचार्य र जनसम्पर्क अधिकृतमा रामप्रसाद पाण्डे चयन भएका छन् ।
त्यस्तै कोष वृद्धि निर्देशक, जुनियर जेसीज संयोजक, स्थानीय व्यवसाय सञ्जाल निर्देशक, स्वास्थ्य संयोजक, खेल संयोजक र भ्रमण वर्ष २०२० संयोजक चयन भने जेसीजको अर्को बैठकले गर्ने उपाध्यक्ष हेमराज आचार्यले वताए ।

Facebook Comments Box