काठमाडौं ५ माघ । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा रुख कटानको काम रोक्न अन्तरिम आदेश दिए पनि लगानी बोर्ड, नेपालले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनल ९एजी०सँग आशयपत्र ९आरएफपी० माग गरेको छ ।
शुक्रबार सूचना सार्वजनिक गर्दै लगानी बोर्डले सो विमानस्थल विकास र सञ्चालनका लागि आगामी ४५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्ने गरी ज्युरिखसँग आशयपत्र माग गरेको हो । यसअघि यो विमानस्थल सार्वजनिक निजी साझेदारी ९पीपीपी मोडल०मा निर्माणका लागि बोर्डले गत असोज पहिलो साता नै ज्युरिखलाई संक्षिप्त सूचीमा राखेको थियो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार ज्युरिखले ४५ दिनभित्र विमानस्थल निर्माणको आर्थिक र प्राविधिक दुवैको विस्तृत प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।
यो समाचार काशीराम बजगाईले आजको आर्थिक अभियानमा लेखेका छन् ।

Facebook Comments Box