भीमदत्तनगर, ४ माघ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खुल्ला चिडियाखानाका रुपमा विकास गर्ने लक्ष्य राखेको जानकारी दिनुभएको छ ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारको आज उद्घाटन गर्नुहुँदै उहाँले शुक्लाफाँटा जैविक विविधताले भरीपूर्ण हुनुका साथै दुर्लभ वन्यजन्तु र पशुपक्षीको बासस्थान भएको बताउनुभयो ।

“हामीले शुक्लाफाँटामा पर्यटकको सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भनेर खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने लक्ष्य राखेका छौँ ।” उहाँले भन्नुभयो, “यसको नयाँ ढङ्गले व्यवस्थापन पनि अघि बढाएका छौँ ।”

Facebook Comments Box