चितवन । नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि आज चितवनमा मतदान सुरु भएको छ । चितवनको भरतपुर अस्पतालको तालिममा केन्द्र राखेर नयाँ नेतृत्वको लागि यतिवेला शान्तिपूर्ण तवरले मतदान भईरहेको चिकित्सक संघ चितवनका सचिव डा।भोजराज अधिकारीले जानकारी दिए । संघको अधिवेशनमा आज उपत्यका बाहिर चितवनसहितका १६ वटा शाखा कार्यालयमा मतदान भईरहेको छ । बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। चितवनबाट ४ सय जना चिकित्सकहरुले नयाँ नेतृत्वको लागि मतदान गर्नेछन् ।
संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्। नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठबीच मतदान हुनेछ। उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन्।

Facebook Comments Box