काठमाडौ ४ माघ । प्रदेश १ सरकारले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री र प्रयोग प्रतिबन्ध लगाउने भएको छ । फागुन १ बाट प्रदेश सरकारले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाउने भएको हो ।
सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको ८ वर्षपछि प्रदेश १ मा यसको कार्यान्यन हुने भएको हो । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले फागुन १ गतेबाट यो ऐन कार्यान्वयनमा आउने बताउनुभयो ।
ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने मन्त्री घिमिरेले बताउनुभयो ।

Facebook Comments Box