चितवन । जिल्ला प्रहरी कार्यालय चितवनभित्र लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको उद्घाटन भएको छ । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र आईजिपी सर्वेन्द्र खानालले संयुुक्त रुपमा उद्घाटन गर्नु भयो । नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत यो केन्द्र स्थापना गरिएको हो । बढ्दो लागूऔषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्ने छ । लागूऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्धययन गराईने छ । केन्द्रको सञ्चालन गर्न भरतपुर महानगर र नेपाल प्रहरीबीच सम्झौता भएको छ ।
दुरब्यसीनीमा फसेकाहरु नयाँ जीवन दिन केन्द्रले विज्ञहरुको उपस्थितीमा प्ररामर्श दिने लागूऔषध ब्युरोका प्रमुख वसन्त लामाले जानकारी दिनुभयो ।
चितवन देशकै मध्य भागमा रहेकाले यस्तो केन्द्रको आवश्यकता थियो( भरतपुर प्रमुख रेनु दाहाले भन्नुभयो । यसबारे जनचेतना फैल्याउन पाठ्यक्रममा पनि समावेश गर्नुपर्नेमा दाहालले जोड दिनुभयो । यो समस्या समधान गर्न सबै क्षेत्रका व्यक्तिहरु सहभागीता बिना सम्भव नरहेको उहाँको भनाई थियो ।
नेपाल प्रहरीका प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले लागूऔषध नियन्त्रण गर्न समुदायमा पनि शैक्षिक संघसंस्थामा पुग्नु पर्ने औल्याउनुभयो । लागूऔषधकै कारणा विभिन्न किसिमका अपराधज्न्य घटना घट्ने गरेको खनालले बताउनुभयो । नेपाल प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेर छुट्ने समयमा परामर्श दिनुपर्ने भएकाले केन्द्र स्थापना गरेको उहाँको भनाई थियो ।
पछिल्लो समय पुनर्स्थापना केन्द्रको नाममा थप विकृति भित्रिएको उदाहरण पनि रहेको आईजिपी खनालले बताउनुभयो ।

Facebook Comments Box