काठमाडौ २ माघ । सरकारले मुलुकको विद्युत् वितरण प्रणाली सुधार तथा स्तरोन्नति तथा विस्तार आयोजनाका लागि यूरोपेली बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ९१०० मिलियन यूरो० ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । उक्त रकम विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि खर्च गरिनेछ ।

यस्तै तामाकोशी–काठमाडौँ २२०÷४०० केभी क्षमताको प्रसारण लाइनको ‘राइट अफ वे’ सहित केही टावर संरचना तयार गर्न दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ र भक्तपुर जिल्लामा परेका विभिन्न ५६ सामुदायिक वनलगायतको कूल १०३।२२० हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

हेटौंडा–ढल्केबर–दुहवी ४०० केभी प्रसारण लाइनको चौथो खण्डअन्तर्गत मकवानपुरमा पर्ने ‘राइट अफ वे’सहित केही टावर संरचना तयार गर्न मकवानपुरको हेटौडा, छत्तिवन, हर्नामडी र राइगाँउमा रहेका विभिन्न १७ सामुदायिक वन र दुई वटा कबुलियती वन लगायतको कूल ८०।६६ हेक्टर राष्ट्रिय वनको जमिन प्रयोग गर्न स्वीकृति दिइएको छ ।

राप्ती हाइड्रोले निर्माण गरिरहेको रुकुमगाँड जलविद्युत् आयोजनाको ३३ केभी क्षमताको प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्ने विभिन्न पाँच सामुदायिक वन लगायतको कूल ४।०४९९ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिइएको छ ।

Facebook Comments Box