शिशिर सिंखडा
चितवन २ माघ । हालै मात्र सरुवा भई इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी आएका प्रहरी नायव उपरीक्षक ९डिएसपी० रविन कार्कीले स्थानीयको साथ र सहयोगले समाज सुधार गर्न सकिने बताएका छन् ।
अपराध अनुसन्धान महाशाखा टेकु काठमाडौँबाट सरुवा भई आएका डिएसपी कार्कीले यस क्षेत्रको शान्ति सुरक्षा, अमनचयन र भयरहित समाज बनाउन स्थानीयको साथ र सहयोगको अपेक्षा गरेको बताए ।आज कार्यालयमा आयोजित पत्रकारहरुसँगको भेटघाटमा उनले यस क्षेत्रको समस्याको रुपमा रहेको लागुऔषध, ट्राफिक समस्या, चोरीडकैती लगायतको घटनाको सन्दर्भमा स्थानीयको सुझाव प्राप्त भएकाले सो क्षेत्रमा प्रहरीले उच्च सतर्कता अपनाई काम गर्ने बताए ।
आफू आएको १ हप्तामा नै स्थानीयको साथ र सहयोग पाएको उल्लेख गर्दै उनले यहाँका स्थानीयवासी सहयोगी र समाजसुधारको पक्षमा सकारात्मक पाएकोले प्रहरीलाई काम गर्न मद्दत र हौसला मिल्ने समेत बताए ।
पत्रकार र प्रहरी दुवै समाजका सुधारक भएकाले विकृति र विंसगतीको अन्त्य गर्न तथा भयरहित समाज बनाउन पत्रकारको साथ र सहयोगको अपेक्षा पनि उनले गरेका थिए । कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखर कुमार शाहले यस क्षेत्रभित्र रहेका रत्ननगर र कालिका नगरपालिका क्षेत्रका विभिन्न घटना र सम्भावित घटना न्यूनीकरणको प्रयास र सम्भावनाको बारेमा बताएका थिए

Facebook Comments Box