रत्ननगर २ माघ । माघी (खिचरा) पर्वको अवसरमा पूर्वी चितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज पाँचौ दिन अहिलेसम्मकै धेरै दर्शकहरु उपस्थिती हुने आयोजकले अनुमान गरेका छन् ।

खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज (बिहीबार) चर्चित गायिका तथा मोडेल ज्योति मगर, राजन अर्याल, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्ष ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।

Facebook Comments Box