रत्ननगर २८ पुस । रत्ननगरमा केहि समय अघिबाट सेवा विस्तार गरेको इन्टरनेट सेवा प्रदायक भायोनेट कम्यूनिकेसन्स प्रालिले यति वेला रत्ननगर महोत्सवमा आउने अवलोकन कर्ताको ध्यान तान्न निकै सफल भएको छ ।
महोत्सवको परिसर भित्र प्रवेश गर्ने वित्तीकै स्टल नम्वर ३ मा रहेको भायोनेटको स्टलमा गएर नयाँ ईन्टरनेटको ग्राहक वन्नेको संख्या दैनिक वृद्धि हुदै गएको छ ।


भायोनेटले आफ्नो स्थापनाको २०औं बर्ष मनाई रहदा विभिन्न अफर समेत लिएर आएको छ । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले आफ्नो ग्राहकहरुका लागि “ट्रिपल ट्वान्टी अफर” ल्याएको छ । २०२० को सुमधुर सुरुवात गर्नका लागि भन्दै भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको छ ।
यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वाषिर्क रु. ११ हजार ४ सयमा उपलब्ध छ, जसमा २५० भन्दा बढी च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा रु. १ हजार छुट प्रदान गर्ने जनाएको छ । यो अफरहरु सिमित समयको लागि भएको भायोनेट रत्ननगरका मार्केटिंग प्रमुख अमृत अधिकारीले जानकारी दिनु भएको छ ।


इन्टरनेट सेवा प्रदायक भायोनेटले २४ घण्टा नै सर्भिस दिएको र उच्च गतिको स्पिडको हुने हुदा भायोनेट कम्यूनिकेसन्स प्रालि प्रति ग्राहको आकर्षण वढेको अधिकारीले वताए । अधिकारीका अनुसार रत्ननगर र समग्र पुर्वी चितवनका इन्टरनेट प्रयोकर्ताले लोकल नेटको हैरानी व्यहोर्न परेको पाईएको समेत वताउनु भएको छ । अन्य नेटमा सन्तृष्ट नभएका ग्राहकहरु भयोनेट जडान गरे पछि भने राम्रो प्रतिकृया दिने गरेको अधिकारीले वताए ।


अधिकारीका अनुसार अव केहि समय पछि नै भायोनेटले पुर्वी चितवन भरी आफ्नो सेवा विस्तार गर्ने वताउनु भएको छ । कम्पनीले २० औं वर्ष प्रवेशको अवसरमा ल्याएको विभिन्न अफरहरु महोत्सव सकिए पछि पनि रत्ननगर १० बकुलहरका रहेको कार्यालयवाट सेवा लिन सक्ने वताउनु भएको छ ।

Facebook Comments Box