चितवन २४ पुस । पूर्वी चितवनको रत्ननगरमा भोली देखि सुरु हुने चितवनको गौरव र गरिमायम प्रस्तुती रत्ननगर महोत्सव २०७६ सुरु हुदैछ ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक रत्ननगर उधोग वाणिज्य संघले जनाएको छ । माघ ७ गतेसम्म आयोजना हुने १० औँ रत्ननगर महोत्सवको तयारी पुरा भएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।
महोत्सवमा चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने मुल उद्देश्य रहेको रेग्मीले बताए ।
यस पटक महोत्सवमा जीप लाईन सफारी,सेल्फी डाँडा,जीप सफारी लगायत केरा बगैंचा प्रतियोगिता समावेश गरिएको संघका महासचिव निराजन खनालले जानकारी दिए ।
नेपाल भ्रमण वर्ष २०२० को सुरुवाती चरणमै आयोजना हुन लागेको रत्ननगर महोत्सवले भ्रमण वर्ष सफल पार्न पर्यटकीय गतिविधिमा जोड दिएको छ । यस पटक रत्ननगर महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका पाँच सय वटा स्टल रहने छन् ।
पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box