केही दिनदेखि बढिरहेको सुनको भाउ मङ्गलबार घटेको छ ।
मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै मङ्गलबार चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सुनको भाउ बढेपछि नेपाली बजारमा कारोबार पनि प्रभावित भएको छ । गएका केही दिनमा सुनको भाउ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
गएको वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Facebook Comments Box