सौराहा । चितवन हात्ती महोत्सबको छैटौं दिन मंगलबार आज लोकप्रिय गायक रमेशराज भट्टराई र चर्चित लोक गायीका सावीत्री जोशीको प्रस्तुतीमा दर्शक रमाएका थिए ।चर्चित गायक भट्टराईले “बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ ”लगायत दर्जनौ गित मार्फत आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै गायीका जोशीको पनि प्रस्तुती रहेको थियो ।
चितवनको सौराहामा पुस १० देखि शुरु भएको महोत्सव १८ गते सम्म सञ्चालन हुने आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले वताए ।


त्यस्तै महोत्सवमा चर्चित गायक भट्टराइ ,गायीका जोशी लगायत राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहेको थियो । महोत्सब अन्तर्गत हरेका दिन हात्तीका बिभिन्न खेलसंगै राष्ट्रिय तथा स्थानिय कलाकारको पनि प्रस्तुति रहदै आएको छ । महोत्सव अन्र्तगत भोलि जनावरी १ को दिनमा सौराहामा विशेष कार्यक्रमको आयोजना गरिएको छ । भोलि दिउसो ४ वजेवाट सौराहाको हात्ती चोक देखि राप्ती ड्याम सम्म प्रदेश सरकारको सहयोगमा प्रदेश ३ का १३ जिल्लाको सांस्कृतिक झाँकी प्रदर्शन गरिने क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका संयोजक राममणि खनालले जानकारी दिनु भएको छ ।


वुधवार हात्ती महोत्सव अन्तर्गत हात्ती पिक्नीङ्गको आयोजना गरेको महोत्सवका सह संयोजक ऋषी तिवारीले वताए । वुधवार नै सांस्कृतिक कार्यक्रम तर्फ चर्चित गायक रामकृष्ण ढकाल र ज्योति मगरको प्रस्तुती रहने साँस्कृतीक समितिका सह संयोजक एवं गायक मिलन लामाले वताए ।

Facebook Comments Box