नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।
२०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।
उसको सुरुवात खराब थियो । ओपनर सुनिल धमला मात्र चार रनमा आउट भए लोकेश बम मात्र एक रनमा ।
तर मोहम्मद दैज आलमले नुमान खानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे । तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका खान १८ रनमा आउट भए । त्यसपछि कप्तान प्रदीप ऐरीले पनि आक्रमक पारी खेल्दै ४१ रनको साझेदारी गरे ।
आलम ५७ रनमा आउट भए । ४८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का हाने । छैटौं नम्बरमा आएका पुनित मेहरा र प्रदीप क्रिजमा रहँदासम्म बिराटनगरको जितको आश कायमै थियो । दुबैले ठूलो सर्ट खेलिरहेका थिए ।
कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औं ओभरका पाँचौं बलमा आउट भएपछि भने चितवनको जित औपचारिक मात्र बाँकी रहृयो । मेहरा ३२ र ऐरी ३६ रनमा आउट भए ।

Facebook Comments Box