भरतपुर महानरगपालिकालाई शैक्षिक हबका रुपमा अगाडी बढाउन महानरपालिका लागि परेको भरतपुर महानरगरपालिका प्रमुख रेनु दाहालले बताएकी छन् ।

बालकुमारी माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सवको अवसरमा आयोजित विद्यालय परिवार सम्मान कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले चितवनमा ठुला मेडिकल कलेज, १ सय २३ वटा सामुदायीक विद्यालय, प्राविधीक तथा बहुप्राविधिक शिक्षालय रहेका कारण चितवन शैक्षिक हबका रुपमा अगाडी बढेको बताईन ।

कार्यक्रमको प्रमुख अतिर्थी समेत रहेकी दाहालले सामुदायीक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउनका लागि विद्यालयको भौतिक सुधारसंगै तल्लो तहबाटै गुणस्तरीय शिक्षा दिने र स्थानिय पाठ्यक्रम समावेश गर्ने जस्ता योजना महानगरले अगाडी सारेको बताईन । विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापाले शिक्षाप्रेमी सबैको साथ सहयोगबाट विद्यालयले स्वर्ण महोत्वसन मनाउन सकेको बताए । विद्यालयलाई आज यो स्थानसम्म ल्याउन पुर्व विद्यार्थीहरुको साथ र सहयोगले उर्जा थपेको बताए ।

उनले विद्यालयमा कक्षा नर्सरी देखि कक्षा पाँचसम्म अग्रेजी माध्यमबाट र कक्षा ६ देखि कक्षा १० सम्म अग्रेजी नेपाली दुवै माध्यमबाट पढनपाठन हुने गरेको भन्दै अभिभावकहरुको रोजाईमा विद्यालयलाई पुराउनका लागि अझै सुधान गर्न आवश्यक रहेको बताए । विद्यालय परिवार सम्मान कार्यक्रममा भवन निर्माण समिति, पूर्व विद्यालयका शिक्षक कर्मचारी, बालकुमारी एलम्नाई एशोसिएसनका विद्यार्थी पूर्व शिक्षक लगाएतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यपक नारायणप्रसाद परिहस्तले स्वागत मन्तव्य व्यक्क्त गरेका थिए भने एलुम्नाई एशोसिएसनका महासचिव सेवन पन्तले पुर्व विद्यार्थीहरुले स्वर्ण महोत्सवको अवसरमा गरेका सहयोगका बारेमा बताएका थिए । कार्यक्रममा भरतपुर महागरपालिका वडा नम्वर २ का वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्क्त गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देसीराम प्रधानको अध्यक्षता रहेको थियो ।

Facebook Comments Box