काठमाडौँ । दशरथ रंगशालामा मंगलबार ३ बजे १३औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदकका लागि आयोजक नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । सोही रंगशालामा आजै १२ बजे संघीय संसद्का सांसद र संसद् सचिवालयका कर्मचारीले मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा गर्ने कार्यक्रम छ । सांसद र कर्मचारीहरूले संसद्‍ सेवा दिवस ९मंसिर २८ गते० को अवसरमा उक्त मत्रैपूर्ण फुटबल प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सांसदहरूका तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कर्मचारीहरूका तर्फबाट संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले नेतृत्व गर्नेछन्। संसद् सचिवाललयका सूचना अधिकारी दशरथ धमलाले साग चलिरहेको भए पनि राष्ट्रिय खेलकुद परिषद् र साग सञ्चालन कमिटीसँगको सहकार्यमा नै उक्त खेलको समय मिलाइएको जानकारी दिए। राखेप सदस्य सचिव रमेशकुमार सिलवालसँग सहकार्य गरेर नै समय व्यवस्थापन गरिएको उनले बताए।
सागको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न नेपाली र भुटानी फुटबल टिम २ बजे दशरथ रंगशाला प्रवेश गर्ने कार्यतालिका छ। वार्मअपका लागि दुवै टोली खेल मैदानमा प्रवेश गर्नेछन्। सांसद र कर्मचारीहरूको खेल २ बजे अगाडि नै सम्पन्न गर्ने कार्यतालिका छ।

Facebook Comments Box