रत्ननगर ९ मंसिर । पुर्वी चितवनको रत्ननगरमा रहेको न्यु क्यापिटल कलेजले आफ्ना विधार्थीलाई लक्ष्ति गरेको रोबोटिक्स संबन्धित वोर्कशप कार्यशाला सञ्चालन गरेको छ ।
कलेजको सभाहलमा आयोजित कार्यशालामा कलेजका कक्षा ११ र १२ का ५० जना विधार्थीहरुको सहभागिता रहेको कलेजका पिन्सिपल भूपेन्द्र धितालले वताउनु भएको छ ।
विद्यार्थीको सिप, क्षमता, शृजनशिलता र नविनतालाई प्रोत्साहन गर्दै रोबोटिक्स संबन्धित वोर्कशप कार्यशाला सञ्चालन गरेको धितालले वताए । 
रोबोटिक्सको विकासको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको रोबोटिक्स एशोसिएसन अफ नेपालको सहकार्यमा सञ्चालित कार्यशाला मंगलवार भोलि सम्म सञ्चालन हुने छ भने कार्यशालामा विकास गुरुङ्ग, निरज प्रधान र निर्भय चौधरीले सहभागि विधार्थीलाई प्रशिक्षण दिने छन् ।
कलेजले यस अघि पनि विधार्थीलाई प्रत्यक्ष लाभ हुने विभिन्न गतिविधि सञ्चालन गर्दै आएको धितालले वताए ।

Facebook Comments Box