जयमंगला दुग्ध उत्पादक सहकारी संस्थाको साधारण सभा कृषक समानित

रत्ननगर १३ असोज । रत्नगनगर १३मा जयमंगलामा रहेको दुग्ध उत्पादक सहकारी संस्थाले सोमवार २३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाकाको अवसरमा सहकारीले विभिन्न विधामा सेयर सदस्यहरुलाई सम्मान एवंम पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सवै भन्दा वढी दुध विक्री गर्ने सदस्य मध्य सत्ताईस हजार ८२ लिटर दुध विक्री गरे वापत किसोर वगाले प्रथम , त्यस्तै एकाईस हजार ६६४ लिटर सहित सविन खनाल द्धितिय र एघार हजार ८०८ लिटर विक्री गर्ने तारा प्रसाद गौडेल तृतिय हुनु भएको छ ।
त्यस्तै सहकारीले आजै गुणस्तर दुध गाई तर्फ ,घासे खेति तर्फ र वृद्ध शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
कर्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन प्रमुख अतिथि रहुनु भएको थियो । त्यस्तै कार्यक्रममा उपमेयर विमला दुवाडी विशिष्ट अतिथि रहनु भएको थियो । त्यस्तै रामेश्वर पोख्रेल ,निर्मलम खडका , किसोर वगाले ,इश्वर खनाल, तुलसी प्रसाद खनाल लगायतले मन्तव्य राख्नु भएको कार्यक्रम सहकारीका अध्यक्ष टोमराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →