मनाङ प्रहरीद्वारा चालकहरु सम्मानित

राजेन्द्र न्यौपाने
मनाङ, १२ असोज । जिल्ला प्रहरी कार्यलय मनाङले समुदाय प्रहरी साझेदारी अन्तर्गत चाडपर्व लक्षित कार्यक्रम सवारी दुर्घटना न्यूनिकरणका लागि मनाङ जिल्ला सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ ।
चामे गाउँपालिका वडा नंं ४ मा भएको कार्यक्रममा मनाङका विभिन्न सवारी चालकहरुलाई अविर माला लगाई सम्मान गरिएको थियो ।
मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक श्रवण कुमार विकले सवारी दुर्घटना न्युनिकरणका लागि चालक, सहचालक, यात्रुहरु र समुदायको भूमिका कस्तो हुनुपर्दछ भनि जनचेतनामुलक अनुशिक्षण प्रदान गरेका थिए । कार्यक्रम दुर्घटना न्युनिकरण सम्बन्धी प्रचारप्रसार सामग्री समेत वितरण गरिएको थियो ।
सँधै प्रहरीको चेकजाँचमा पर्थ्यौं आज प्रहरीकै हातबाट अविर माला लगाउँन पाइयो यो हाम्रीलाई जिम्मेवार बनाउन गरिएको कार्य हो ग १ ज ६३१७ का जीप चालक लक्ष्मण तामाङले भने । प्रमुख जिल्ला अधिकारी र प्रहरीले हामीलाई माला लगाएर सम्मान गर्नु अत्यन्त उदाहरणीय कार्य भएको ग १ ज ६३९१ जीपका चालक नारायण भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →