हतियारसहित भोजपुरबाट एक जना पक्राउ

विराटनगर, ६ असोज । भोजपुर प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१० बाट जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले ट्याम्केमैयुङ गाउँपालिका–५ का बमबहादुर बिष्टलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान प्लाष्टिक हेण्ड ग्रिनेड, २ वटा अटोमेटिक पेस्तोल, २ थान म्याग्जिन, १० राउण्ड गोली, २ वटा मोवाइल, १२ वटा सिमकार्ड र ५ हजार ९७० रुपैयाँ बरामद गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →