काठमाडौं । पुरुषहरु महिलाको वक्षस्थलप्रति सबैभन्दा बढि आकषिर्त हुने तथ्य सार्वजनिक भएकै बेला यससँग सम्बन्धित अर्को रोचक तथ्य फेरी सार्वजनिक भएको छ ।

बेलायतको न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा छापिएको एक अनुसन्धानका अनुसार हरेकदिन लगभग १० मिनेट जति महिलाका वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष रुपले नगर लगाउने पुरुषहरुको आयु ५ वर्ष सम्म बढ्ने उल्लेख गरिएको छ ।

जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले के दाबी गरेका छन् भने महिलाका वक्षस्थलमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हो ।

पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको अध्ययन सर्भेक्षणबाट अनुसन्धानकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । अनुसन्धानकर्ताका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै उनीहरुमा हृदयगति पनि सन्तुलित हुन्छ ।

यौ*न चाहनाले मानिसको रक्त संचार प्रकियालाई सन्तुलित बनाउने, अनुसन्धानकर्ता डाक्टर क्यारन वेदरवीले जनाएका छन् जसको कारणले मानसको स्वास्थ्य राम्रो हुने गर्दछ ।

Facebook Comments Box