चितवन २१ भदौ । सौराहाको पर्यटन विकासको लागि जनप्रतिनिधि र व्यवसायीहरुले एक आर्कामा सहकार्यको प्रस्ताब गरेका छन । तीव बर्ष यता सौराहाको अपेक्षाकृत विकास नभएको भन्दै उनीहरुले सौराहाको विकासको लागि सबै मिलेर काम गर्नुपर्ने बताए । शनिवार आयोजित क्षेत्रीय होटल संघको १८ औं साधारण सभा तथा अधिवेशनमा जनप्रतिनिधि र व्यवसायीहरुले सौराहाको विकासका लागि सहकार्यको प्रस्ताव अघि सारेका हुन ।
कार्यक्रममा भाषण गरेर मात्र सौराहा बन्दैन संघका अध्यक्ष सुमन घिमिरेले भने प्रतिबद्धता अनुसार काम गरौं सौराहालाई बनाऔं । सौराहामा पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय गन्तव्यको प्रचार प्रसारको लागि हामीले सरकारको सहयोग चाहेका छौं उनले भने योजना बनाएर काम गर्न सकियो भने सौराहाको विकास हुन्छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा सौराहाको मार्केटिङ शुन्यको अबस्थामा रहेको भन्दै उनले व्यवसायीहरुले पनि आफ्नो होटलको मार्केटिङसंगैसंगै गन्तव्य स्थलको पनि मार्केटिङ गर्नुपर्ने बताए । कार्यक्रममा स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगपालिकाका मेयर नारायण वनले सौराहाको पर्यटन विकासको लागि बसपार्क,सिटिहल,भ्यू टावर,वाटर किङडम निर्माण र भवन निर्माण मापदण्ड लागु गर्ने विषयमा स्थानीय सरकारलाई साथ दिन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले भ्रमण बर्षलाई लक्षित गरी चितवनमा होम स्टे,हिल स्टेशन,साइकलिङ रोड जस्ता पर्यटक आर्कषितका काम गर्ने योजना रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले सौराहाको पर्यटन साघुरिदै गएको भन्दै उनले यसलाई विशिष्टीकरण गर्नुपर्ने बताए । यसका लागि व्यवसायी र सरकारको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा संघका महासचिव राममणि खनालले कार्यप्रगति प्रतिवेदन तथा प्रथम उपाध्यक्ष दीपक भट्टराईले स्वागत मन्तव्य राखेका थिए । संघका अध्यक्ष घिरिमेको अध्यक्षतामा भएको कार्यक्रममा होटल संघका केन्द्रीय महासचिव साजन शाक्य,चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी,उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्ष चुननारायण श्रेष्ठ,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष बासुदेव ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box