चितवन ९ भदौं । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । साथै उनले विदेश जाँदा अदालतको स्वीकृती लिनुपर्नेछ ।

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेर रिहा गरेको हो । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

Facebook Comments Box