काठमाडौं । जिल्ला अदालत पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । ।
यस्तै युवराज कँडेल ३ लाख तथा अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन ।
सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । सामान्यतया सरकारवादी मुद्धामा पिडितका तर्फबाट सरकारी वकिलले मात्र बहस गर्ने चलन छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको अभियोगमा उनीहरुबिरुद्ध पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना एवं पीडित पक्षलाई उचित क्षतिपूर्तिको माग दाबी गर्दै आरोप पत्र दायर गरेको थियो ।

Facebook Comments Box