NRNA बेल्जियमका अध्यक्ष दाहालद्धारा,आईसीसी २०१९–२०२१ को सहकोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

काठमाडौं, १८ असार । गैर आवासी नेपाली संघ (एनआरएनए) एनसिसी बेल्जियमका अध्यक्ष, लोकप्रसाद दाहालले एनआरएनए आईसीसी २०१९–२०२१ को लागि सहकोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । सफल व्यवव्सायी एबं समाजसेवीका रुपमा समेत पहिचान बनाएका दाहाल एनआरएनएमा अत्यन्त सक्रिय व्यक्तिका रुपमासमेत चिनिन्छन ।

दाहाल एनआरएनएका प्राय सबै भेला र सम्मेलनहरुमा सहभागी हुने गरेका छन् ।यहि २८ जुनमा एनआरएनए ओमानको अधिवसनमा सहभागी हुन आएका दाहालले एनआरएन अभियन्ताहरु र साथीहरुसँगको छलफलबाट आफुले सहकोषाध्यक्षमा उम्मेदवार घोषणा गरेको बताए । उम्मेद्वारी घोषणा गरेसँगै जनसवालसँग कुरा गर्दै दाहालले आफु यो अभियानबाट बाहिर जान नसक्ने र आफुले एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसकेकोले शुभेच्छुकहरुको आग्रहलाई स्विकार गर्दै सहकोषाध्यक्षमा उम्मेदवारी दिएको बताए । दाहालले एनआरएनए बेल्जियमको महासचिब भएर कार्यकाल पुरा गरि अहिले २०१७–२०१९ मा अध्यक्षमा रहेर सफलतापुर्वक आफ्नो कार्यकाल पुरा गर्दैछन । एनआरएनएमा अत्यन्त मिलनसार स्वभावका दाहालले आफु सधै यो अभियानमै रहिरहने बताए । उनले आफुलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोधसमेत गरेका छन् । दाहाललाई मध्यपूर्वबाट पूर्ण सहयोग रहेको र अन्य क्षेत्रहरुबाट पनि उच्च सहयोग रहेको बताइएको छ ।गैर आवासीय नेपाली संघ ओमानको पाँचौ रास्ट्रिय अधिवेशन मा सहभागी हुन पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेको दाहालले बताए ।

एनसिसी ओमनलाई सम्बोधन गर्दै उनले भने–‘अत्यन्तै भव्य र सभ्य रूपमा कार्यक्रम सम्पन्न भयको यस अधिवेशनमा तपाईहरूको न्यानो आतिथ्य, सम्मानबाट हामी गैर आवासीय नेपाली संघ बेल्जियम ऋणी भएका छौ । भुगोलले हामी जतिसुकै टाढा भएपनी हाम्रो आत्मीयता मन र भावना सधै साथ भएकोले न्यानो माया सदैव रहने छ । आत्मियता भावना एकै भएपछि समय कम भएर के भयो त रु जति समय मिल्यो त्यही नै मन छुने महत्वपूर्ण समय रहयो ।साथीहरुलाइ आत्मीय स्वागत र मीठो आतिथ्यका लागि दिलैदेखी धन्यवाद । साथेै हाम्रो ३ दिने बसाइमा एनआर एनका साथीहरसंग धेरै मीठो र महत्वपूर्ण भेटघाट र आत्मियता मिल्यो ।

स्वागत र विशेष आतिथ्त्यको लागि केन्द्रीय सचिव डीबी सर पूर्वअध्यक्ष दिपक श्रेष्ठ र भर्ख।ै सर्व म्मत निर्वाचित हुनुभएका अध्यक्ष शेवन्त पुर्जा पुनलगायत सम्पूर्ण मिडिलईस्ट का साथहीरुलाइ विशेष धन्यवाद । एनआरएनको यो अभियानमा फेरि सबैसँग भेटने अबसर मिल्ने आश गर्दै एनआरएन लाई आफ्नै परिवार सम्झेर न्यानो आतिथ्यको लागी महामहिम राजदुत शर्मिला पराजुलीलगायत दूतावास परिवारलाई बिशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ ओमान र मध्यपुर्बसँगको सम्बन्ध अझै प्रगाढ बनाउँदै अगाडि बढ्ने दाहालले बताए ।

उनले विश्वमा रहेका नेपालीहरुलाई यसरी एकैठाउँमा जोड्ने काम एनआरएनएकै कारण भएकाले संस्थाका अग्रज र संस्थापकहरुलाई धन्यवादसमेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →